सम्पर्क /पत्राचार

अनयासका पानाहरु गजल संग्रह

Thursday, August 30, 2012

हल्ला सुन्छु


आजभोलि हल्ला सुन्छु जीवनसाथी खोज्दै छौ रे
मभन्दा नि अझै राम्रो अरुलाई नै रोज्दै छौ रे

मेरो मुटु तिमी भन्दै सर्बस्व नै सुम्पिदिँदा
उजाड पारी संसार मेरै अझै के के सोच्दै छौ रे

तिम्लाई दुःखी बनाएर बाँच्नुको के अर्थ
मैले भन्दा उल्टै आज मैमाथि तीर घोच्दै छौ रे

ईश्वर भाकी तिम्रो लामो आयु आखिर माग्दा खेरि
मेरो मृत्यु आफ्नो बिहे आज आफै तोक्दै छौ रे

कति माया पाएको छु भन्दै आज दाँज्दा मैले
आफ्नै सिन्दुर मेरो अस्तु मलाई मारी जोख्दै छौ रे

Wednesday, August 29, 2012

नेपाली पन












(१)
नेपाली पन
हराउँदै आज
उजाड पाखा

(२)
शान्तिको चाहा
नेपालीको ईच्छा यो
 हुदैन पुरा


(३)
रक्ताम्य आज
आशाको हत्या गर्दै
उजाड देश

(४)
हत्या हिँसा
जनताको भावना
उडायो सबै 


(५)
विवशतामा
जिवन सधैभरी
एक्ला एक्लै भो

ब्यपार तिमी गर्दै छौ रे


आजभोलि आफ्नै जिउको ब्यपार तिमी गर्दै छौ रे
महिनाभरको आय ब्याय हिसाब किताब भर्दै छौ रे

नत भाउँ गट्ला नै ब्यपार बन्द होला
दुई तीन ईन्चको सटर खोली पुरुषार्थ हर्दै छौ रे

उमेरले साथ छोड्दै रे यौवन सिथिल हुदै जादा
अस्मिता नै बेच्दा आखिर समाज बाटै सर्दै छौ रे

बाध्य थियौ तर आज आफ्नै खुनले प्रश्न गर्दा
स्वभिमानी गुमेपछि बिगत सम्झी मर्दै छौ रे

जिन्दगीको रीत रै छ


आँसु हाँसो मिलन बिछोड जिन्दगीको रीत रै
माया प्रेम छरी जाने बिहानीको शीत रै

मन भएर के गर्नु खै धनकै ठुलो चर्चा यहाँ
साँचो मुटु दिनेभन्दा किन्नेको नै जीत रै

हुनेले मेटाउलान जवानीको भोक तिर्खा
नहुनेलाई रंगमञ्चमै नचाउने धीत रै

कतिन्जेल टिक्ला खै जालझेलको खेल यहाँ
योभन्दा मदिरामै डुब्नु ठुलो हित रै

संसार सारा भुलाउने शराबको नशा बरू
सुरबिनाको संगीत तालमा रमाउने गीत रै

सयपत्री फुल्दै होलान


आँगनीको डिलमा यो साल सयपत्री फुल्दै होलान
गैरी खेतमा धानका बाला लहलह झुल्दै होलान

आलो पालो मेला पर्म गाउँमै कुटो कोदालोमा
लेक-बेँसी साथी भाई काम काजले भुल्दै होलान

आउनै लाग्यो बर्ष दिनको दशैँ तिहार तीज अव
के कसरी मनाउने हो, भन्दै गाउँमा डुल्दै होलान

पोहर साल त्यस्तै भयो अर्को चोटि आउँछु भन्थे
यसपाली आमा बैनी मेरै बाटो कुर्दै होलान

छरेर गयौ


आँखामा तस्विर छरेर गयौ
खाली यो मुटु भरेर गयौ

जीवनै बित्यो पर्खेर बस्दा
सागरै आज तरेर गयौ

बिस्तारै आशा फर्केर जाँदा
मनबाटै तिमी मरेर गयौ

आधार नै छैन बाँच्ने अब
सर्बस्व सबै हरेर गयौ

कात्रोले बेरी लासमा मेरो
लाभा नै छरी झरेर गयौ

भेल आज


आँखाबाट बर्सिएछ आँसुको यो भेल आज
महल पनि उनी विना लाग्न थाल्यो जेल आज

जोडिएको मुटु टुट्दा सपनाको महल फुट्यो
बिछोडिन लेखे रैछ नियतीको खेल आज

दुई घडा सजाएर उन्कैबाटो पर्खी बसें
मिर्मिरेमा आउछु भनि गरिन ठुलो झेल आज

अर्थहिन जिन्दगी भो फूल विनाको हाँगा जस्तै
मनै आज टुर्टेपछि नहुने भो मेल आज

आँखाबाट बर्सिएछ आँसुको यो भेल आज
महल पनि उनी बिना लाग्न थाल्यो जेल आज

संबिधान त बनाऊ


अब भेट नहुने भो संबिधानको मितिसित
मियो बिनाको यो देशमा के बन्ला थितिसित

कानून बन्ला नेपालमा अनि मुक्ति पाउँछु भन्दै
पर्खिबस्दा नेताहरू खेलवाड गर्छन् नीतिसित

दाहिने देब्रे सबै तिम्रो बाल देशको चिता बरु
अन्तिम संस्कार गरिदेऊ रिवाज अनि रीतिसित

कुर्ची भत्ता अनि सत्ता पाए के चाहियो अब
यिन्लाई चैन नेपाली नै लडे परिस्थितिसित

सिउँदो कोख उजाड गरे, संबिधान बनाऊ भन्दै
रुँदै हेर्छिन आमा मेरी नेताको स्थितिसित

भाग्यमानी रैछौ


भाग्यमानी रैछौ सानु ठुलै घरमा परिछौ रे
सँगै ज्युँछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे

झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भए पनि
भनने हिजो तिमी नै हौ महलमा सरिछौ रे

डोली चढ्दा कस्ती भैछौ अन्तिम पटक हेर्छु भन्दै
खोला वारी बाटो कुर्दा पारी पुल तरिछौ रे

वाचा कसम हजार थिए साथमा तिम्रो चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा बेँसीबाटै झरिछौ रे

मलाई ज्युदै जलाएर पराईलाई साथ दिदै
मेरै अस्तु सिँन्दुर बनाई सिँउदो तिम्ले भरिछौ रे

म आँखामा


आँखामा बस्ता तिम्ले बिझायो भन्यौ रे
बिझाएरै आँसुले जिउ भिजायो भन्यौ रे

होला जातै नमिलेर अनेक कुरा काटेको सुने
मैले प्रशंसा गर्दा आखिर गिजायो भन्यौ रे

मन मिले भैगो कुलको के कुरा गर्छौ
भन्दै मैले बुझाउँदथेँ, रिसायो भन्यौ रे

चिच्याएर बेसुरमा, भन्थे माया गर्छु तिम्लाई
बेइज्जतीले गाउँमा हल्ला फिजायो भन्यौ रे

आमा


बिछ्यौनामा परिछौ रे भेट्न आउँछु आमा
भ्रष्ट्राचारी ज्यानमारालाई रेट्न आउँछु आमा

लुछाचुडी गर्दै नेता तिम्रो ईज्जत लुट्दै छन् रे
तिम्लाई लाको कालो दाग मेट्न आउँछु आमा

कर्म अनि धर्म देशको माटो प्यारो लाग्दा मलाई
बिदेश छाडी मातृभूमि टेक्न आउँछु आमा

नालापानी सुस्ता अनि बुद्ध बेच्न लागे भन्दै
रुदै हौली पीर नगर छेक्न आउँछु आमा

शहिदको रगतले बनेको यो देश हाम्रो
मेट्न दिन्न ईतिहाँस लेख्न आउँछु आमा

यादले मुटु जलाएर


बाटो हेरी आँसु झार्छिन यादले मुटु जलाएर
चिन्ता गरी बस्छिन मेरै आफ्नै शरिर गलाएर

आत्तिएर छट्पटाउदै हिँड्छिन देख्छु सपनीमा
पर्खिएरै बस्छु रुँदै बिछोड्को रात छलाएर

मन किन नहुँदो हो माया गरी बस्न सँगै
अँगालोमै बसेको क्षण पठाउँछिन सँझाएर

काख रित्तै अँध्यारोमा तस्बिर हेरी रुँदै बस्दा
कति मन दुखाउँदी हुन् जवानीलाई ढलाएर

माया गर्ने जोडीहरूको


माया गर्ने जोडीहरूको अचेल यहाँ जाम
उसैको हो संसार पनि जस्को धेरै दाम

फेसन हेर रातो कपाल कानमा मुन्द्रा केटाहरू
छोटो स्कट धेरै बिहे गर्नेहरूकै नाम

पत्याउछन् आफूलाई गरिन्छ लफडा नै
जाल झेल भ्रष्ट्रचार गर्नेको नै काम

के 'का हुन् केटाकेटी कलेजको कुरै छाड
क्लास हापी डेटीङ स्पोट मन्दिर अनि धाम

मेरो घर उजाडेर


मेरो घर उजाडेर कस्का घरमा पस्यौ तिमी
घरको घाटको पार्यौ बेहाल हेरी बस्यौ तिमी

माया पाए भन्थे तर पछीबाट छुरा हान्यौ
त्यतिले नि नपुगेर आज फेरि डस्यौ तिमी

तिमीसँगै जिउछु मर्छु भन्ने ठुलो धोको थियो
कात्रो ओढयाई पठाइदियौ चिता मेरो कस्यौ तिमी

डोलीभित्र सजाएर नौमतीमा ल्याउँछु भन्थे
तर मेरै लास जलाई शंख फुकी हाँस्यौ तिमी

स्वतन्त्र भै विजय उत्सव मनाएर बस्यौ होली
मरेको तेह्रौ दिनमा हातमा मेहन्दी घस्यौ तिमी

मेरो प्रेम पत्र


मेरो प्रेम पत्र पढी मन कहिल्यै नदुखाउनु
गल्ती मेरो कुनै भए आँसु बगाई नसुक्सुकाउनु,

आफैंलाई थाहै नदिई मनले, तिम्लाई मन पराएछ
यो मन मात्रै यस्तो हो कि तिमी कुरा नलुकाउनु

उमेर छँदै मोज गर जोवन कति लुकाई राख्दछयौ
अँगालो मै राखी माया, गर्नेलाई नचुकाउनु

जता राम्रो त्यतै लाक्छ यी नजरले किन आज
ईच्छा मेट्ने गरी हेर्छु मुख तिमीले नझुकाउनु

ओठमा मुस्कान


मेरो बाटो पर्खिएर ओठमा मुस्कान छर्दै होलिन्
तस्विर हेरी आँसु पोख्दै घुक्क घुक्क गर्दै होलिन्

विछोडको वियोगमा मुर्छा पर्दै एक्लै बस्दा
याद आउदा मलाई हेर्न बेसि तिर झर्दै होलिन्

कहिले आउँछ आनन्दको दुई छाक खाउला भन्दै
भोक भोकै आधी पेटमा काम गरी मर्दै होलिन्

एक गास खान अनि ओत बस्ने खोजि गर्न
त्यो बर्खामा बास वस्न कतातिर सर्दै होलिन्

यो दुःखीको संसारमा ईश्वरको बास भए
विश्वासमा रित्तो घडा आउँछ भनि भर्दै होलिन् 

मेरो मुटु जलाएर


मेरो मुटु जलाएर आगो ताप्नु अनर्थ
नयनभरि अँश्रुधारा बगाउनुको के अर्थ

दिनु दियौ चोटहरू आज मेरो मुटु दुख्दा
मनबाट हाँसो छाड्यौ तिमीभित्र के स्वार्थ

यो मन भित्र सजाउने दिन्छौ माया आश थियो
तिम्रो लागि जल्नु पनि अब धेरै बेअर्थ

टुक्रयाई दियौ मन मेरो मायाको खेल खेली खेली
टुक्रिएको यो मन भित्र मायाको यथार्थ

मेरो मुटु जलाएर आगो ताप्नु अनर्थ
नयनभरि अश्रुधारा बगाउनुको के अर्थ

भाइटिका मा रुदै बैनी


मै अभागी रै'छु बैनी मलाई माला नउने भो
सप्तरंगी टिका यो साल, निधारमा नहुने भो

त्यस्तै भयो दसैँ पनि यो तिहारमा आउँछु भन्थेँ
कर्मै खोटो मेरो देशको कुनै चाडले नछुने भो

साइँला माइला गाउँका चेली सबै जम्मा हुँदै होलान्
मलाई सोध्दा रुन आउला, तिन्का कुरा नसुने भो

त्यो आमाको आँसु अनि भाइटिका मा रुदै बैनी
जान देऊघरमा प्रभु! मलाई यहाँ नथुने भो

भने


मैलै दुःख पाउँदा आखिर हजार जुनी बाँच्छ्यौ भने
मरिदिन्छु घाटमा मेरो शंख बज्दा नाच्छ्यौ भने

मुटु एउटै तिम्ले फेर्दा मेरो धड्कन चल्छ भन्थ्यौ
अब भन्ऩु के नै मलाई गलत ठान्छौ भने

मेरो संसार उजाडेर आफ्नो घरवार बसाउन
जोड अब परा सँग नाता तिमी गाँस्छ्यौ भने

सिउँदोको तिम्रो सिँदुर मेरो अस्तु मलामीलाई
राखिदेउ भनी दिउँला फरक हेर्नु दाँज्छ्यौ भने

देख्दा कैलेकाहीँ आउला अभागीको याद तिम्लाई
मेटाई देउ सबै चिनो जिन्दगीभर हाँस्छ्यौ भने